
काठमाण्डौ जाने तयारी पुरा हुन्छ । गाँउका केही तरुणीहरु निष्ठाको भाग्य देखेर डाहा गर्छन् । काठमाण्डौ पुगेपछि उसको भगवानले उसलाई एक कोठीमा बेचीदिन्छ । उसलाई विश्वास लाग्दैन तर उ विवस हुन्छे । उसको मनको सजिव
भगवानको धरोहर भत्किन्छ । उ जेनतेन गरेर कोठीबाट भाग्न सफल हुन्छे । काठमाण्डौ , भिडभाड र कोलाहालको अपरिचित निर्दयी शहर उसलाई कहाँ जाउ के गरौं हुन्छ । काम कसैले दिन मान्दैन अनि सिथिल शरिर , भोको पेट लिएर उ मन्दिर धाउछे भगवानको शरणमा । मन्दिरको पेटीमा बसेर माग्न थाल्छे तर धर्म गर्ने कसैले पनि सुकी दिदैन उल्टै शब्दबाण प्रहार गर्छन “पाप पखाल्न आइहोली नी मन्दिरमा... ।” रात पर्छ , चारैतिर सन्नाटाले गाँजेको रातमा अब भगवानकै समिपमा उसलाई डर लाग्न थाल्छ । कतै नजिक केही रक्सि खाएर मातिएको आवाज सुनिन्छ । उसले चाल नपाउदै उसलाई एउटा बलियो हातले समात्छ । उ भगवानकै अगाडी बलात्कृत हुन्छे ।
सदाझै भोलीपल्ट पनि दिनभरजसो मन्दिरमा श्रद्धालु भक्तजनको घुइचो लागीरहन्छ । उ त्यसरीनै दिनभर भोको पेट लिएर मागीरहन्छे । दुइदिनको भोको पेटले सहि नसक्नु भएपछि उ मन्दिर परिसरबाट निस्कन्छे । बाटोमा उसलाई एकअपरिचित हातले समातेर बारमा पसाल्छ । जताततै भद्दा संगितमा बेहोसी पारामा मानिसहरु रक्सिको बोतलसंगै नाचीरहेका हुन्छन् । सुन्दरीहरु ठालुहरुका अंगालोको सोभा बढाइरहेका हुन्छन् । उसलाई कता कता सरम लाग्छ । त्यो मान्छेले निष्ठालाई भान्सा खण्डमा पु¥याउछ । एक प्लेट सेकुवा, भुजा भटमास र गिलासमा रम ल्याउछ र निष्ठाको अगाडी राखिदिन्छ “खाउ निष्ठा” । दुइदिन देखि भोकाएकी निष्ठा केहि नसोसी खान थाल्छे । केही खाइसकेपछि भलाद्मी मान्छेले थप सेकुवा, भुजाभटमास र रम थपिदिदै भन्छ “लौ यो कपडा थाइल्याण्डको हो , लगाएर अगाडी बारमा आउनु ” । खाइसकेपछि निष्ठा दिइएको कपडा लगाएर नसाको तालमा लरखराउदै बारमा पुप्छे । बारमा के छिरेकी थिई अर्को बलियो हातले उसलाई समात्दै पैसा दिन्छ अनि अंगालेमा बेर्छ । निष्ठा सोच्छे भगवान मन्दिरमा होइन बारमा हुदो रहेछ ।
आयुष “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके
रझेना ५ कृष्णनगर बाँके
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..