Thursday, June 17, 2010

भन प्रभू

प्रेम ओली
दाङ
हाल:काठमन्डु
 
एउटा झ्याली पिटेर
प्रभूको गीत प्यारो गाउछ
अर्को रयाली पिटेर
तिमीलाई तारो बनाउछ,
शहर छौ कि गाउँमा
नहरमा छौ कि नाउमा
भन प्रभू कुन ठाउमा,
अपार रहेछ तिम्रो शक्ती
महान रहेछ तिम्रो भक्ती
ढल्न लागेको सरकार पनि
ग्याम्मै न ढल्ने
बढन लागेको हटताल पनि
ठ्याम्मै न चल्ने,
माने प्रभू तिम्रो शक्तिलाई
जाने प्रभू तिम्रो भक्तिलाई
भोले हौ कि मुक्तिनाथ
डोले हौ कि जुक्तिनाथ
ब्रहमाजी हौ कि शंकर
शर्माजी हौ कि भयङ्कर,
कुखराको मासुमा पनि

तिम्रो त्यो बोली लाग्छ
तिम्रो खैराते बाणी पनि
सरकारलाई गोली लाग्छ
,कुन गाउँमा छौ कुन देसमा
कुन रुपमा छौ कुन भेषमा
सोध्न मन लागेको कुरा प्रभू
एउटालाई फाली अर्कोलाई राखेर
एउटालाई पाली अर्कोलाई जाकेर
खाली अट्काउ र झट्काउ छ
जता कतै प्रभूकै नाउँछ
ब्याज छ कि साउ छ
भन प्रभू
तिम्रो यसमा के दाउ छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..