Friday, May 14, 2010

गजल

तिमी त फर्केर फेरी आयौ अरे
धेरैसंग माया तिमीले लायौ अरे

खुसी पाँउदा त रमाउने बानी ने त्यो
बिपत्तीमा ढोका धेरै ढक्ढक्यायौ अरे

अब कुन मनको िसंहासनमा बास तिम्रो
धेरै मनको मझेरीमा भिख माग्दै धायौ अरे

धेरै सस्तो भो क्यारे तिम्रो मायाँ
सबैसंग साट्दै उमङ्ग छायौ अरे

रोहित कडेल
दरख ५ सुख्खड कैलाली
e-mail : rht.npj@gmail.com

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..