Friday, May 14, 2010

धत् यो त सपना पो रहेछ ।


आयुष चौधरी "सम्मोहन"
रझेना ५ कृष्णनगर बाँके


निदाएपछि एउटा सपनाको आतङ्क
मेरो मनको हेडक्वाटरमा
मथिङ्गल हल्लाउने
ओहो कस्तो भयानक
आँशुको घामपानीले सिरानी भिजेपछि
अपहरणको छायाँले हात लम्काउछ
मृत्युको भयावह अनुहार देखाउदै
अजिङ्गरलेझैं सामुन्ने आएर लखेट्छ ।
र डरको अजङ्ग पहाड ठडिन्छ
हो
त्यसपछि मेरो शरिर स्थिर हुन्छ
बोलीहरु कैद हुन्छन्
आस्था नजरबन्द हुन्छिन् ।
अनि, त्यो अध्यारो कोठीमा
मेरै सामु रगतको होली खेलिन्छ ।
छातीहरुमा गिद्ध बस्छन्
मनसुन अघिनै बादल गर्जिन्छ
वायुमण्डलमा त्रासको आँधीले
पिडाका सुनामी उर्लिन्छन्
अनि
बर्सिनछन् आँखाबाट ।
धत् यो त सपना पो रहेछ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..