हरपल पोल्छ मलाई शिशिरको सम्झनाले
पिडाभित्र मुस्कुराउने तस्विरको सम्झनाले ।
देवता थियो थिएन खै ? माथ मैले झुकाएथे
हृदयमा आस्था जाग्यो त्यो मन्दिरको सम्झनाले
जिन्दगीलाई व्यङ्ग्य गर्दै एक्लैएक्लै बर्बराउँथ्यो
कताकता आफै दुख्छु त्यो फकिरको सम्झनाले ।
रङ्गहिन भएको थें प्रेमरङ्ग छल्काइदियो
लैला मज्नु, शाहजहाँ , राझाँ हीरको सम्झनाले
धेरै भाथ्यो मेरो गजल पाना ओढी निदाएको
कसो आज ब्युँझाइदियो मुसाफिरको सम्झनाले ।
शीतल कादम्बिनी , चितवन
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..