Monday, September 27, 2010

धेरै सम्झाएँ

मर्न राजी थियो धेरै सम्झाएँ
नमर्दै आजादी थियो धेरै सम्झाएँ

कसैलाई पाउन शर्त लगाएको छु
भन्थ्यो बाजी थियो धेरै सम्झाएँ

किन एक्लै जंघार तर्न तम्सीयो
डुङ्गा र माझी थियो धेरै सम्झाएँ

उसको उमेरको एकिन छैन मलाई
एक बीस अन्दाजी थियो धेरै सम्झाएँ

मर्यो सारा दुनियाँलाई भनिदिनु
बहुलाकाजी थियो धेरै सम्झाएँ

कपिल अन्जान
कोहलपुर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..