Friday, April 23, 2010

खुसी बनि आँखाबाट खसेको पो जिन्दगानी

खुसी बनि आँखाबाट खसेको पो जिन्दगानी
न्यानो साथको समिपमा बसेको पो जिन्दगानी

गरिबी र बेदनाको झन्कारमा जल्नुभन्दा
तिम्रो जस्तो महलमा बसेको पो जिन्दगानी

खाली छन् ती हातका नाडी अनि खाली निधार पनि
सिउँदो माथि रातो टिका बसेको पो जिन्दगानी

रातैभरि निद्रैछैन सपनिमा एक्लैएक्लै
अङ्गालोमा कसैलाई कसेको पो जिन्दगानी

कति दिन अछुतोभै बसौं दिलको दुनियामा
मायाको मनमुटुभित्र पसेको पो जिन्दगानी

जनक डी. सी.
गैरीगाउँ रोल्पा
हाल ः नेपालगञ्ज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..