Monday, October 8, 2012

जग्गा बिक्रिमा छ (झटारो )


प्रेम वलि

एक दिन
एक तरुनीले
आफ्नो नाइटो देखाउदै भनी -
मेरो नाभीस्थल
बिक्रिमा राखेको
घर घडेरी जस्तो
किन्ने भए किनी हाल्नुस
आज भोली मन्दिले
काठमाडौं भन्दा सस्तो
यहाँ पनि
माथि अन्नपूर्ण कान्चन्जङ्घा हेर्ने
सुन्दर सिन साइड
तल पनि
फेवा तालको राम्रो लेक साइड
मन पर्छ भने
बाग्मती नदिको पनि दुबै साइड
यहाँ पनि
जग्गा धनीको भन्दा
दलालहरुको धेरै बिगबिग
जाबो एक टुक्रा बेच्नलाई
उनिहरुको ठुलो लिगलिग
त्यसैले जग्गा किन्ने भए
सिधै सम्पर्क गर्नु होला
नत्र महङ्गोमा पर्नु होला
कृपया दलालज्युहरु
तपाईंहरुले कुनै कस्ट नगर्नु होला

जग्गा किन्न आउँदा
पैसोको साथमा
थैली सामा आँफै गर्नु होला
नत्र जग्गा किने पछी
अनेक झन्जटमा पर्नु होला
आउँदा
दरै गाठ आटमा आउनु होला
तन मन कमजोर भए
दुई चार प्याक
यसो व्हुस्की पनि लाउनु होला
तर आउँदा
सिधै संपर्क गर्नु होला
दलालको फेला परे पछी
चर्को भाउमा पर्नु होला

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..