Sunday, September 9, 2012

छोरालाई चिठ्ठी

उभिनू
निर्धक्कसँग उभिनू
उज्यालोको पक्षमा
जीवन उज्यालोको लागि हो
* *
नझुक्नू
कहिँ कहिल्यै नझुक्नू अँध्यारोसँग
नचुक्नू अँध्यारोमा
जीवन अँध्यारोको विरूद्द पनि हो * *
नकुर्नू - अरूको उज्यालो
नचोर्नू - अरूको उज्यालो
तिम्रोलागि उज्यालो तिमी आँफै हौ
बुद्दले भने झैँ
"अप्प दिपो भव :"
                                            Iswarmani Adhikari

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..