Wednesday, July 27, 2011

गजल

नबराज बुढा 'नबिन उदासी'
बाटो हिड्ने बटुवाको कुनै, घर हुन्न भन्छन
चिनेपछि बिरानो कुनै, शहर हुन्न भन्छन।

आफन्तको सहरामा छन् या, एक्लै ? यहाँ
कसैको सापक्षमा कुनै , दर हुन्न भन्छन।

बधिलो खोला धमिलो कति दुधकोशीको
प्युँछन आफै ज्युँछन कुनै, तर हुन्न भन्छन।

आफु आफु ज्युन पनि गाह्रो भो आज यहाँ
इस्वोर संग माग्ने कुनै, बर हुन्न भन्छन।

अमर बन्ने दिर्घायुनै टुटे, पछी जब यहाँ
बाँच्ने धरातलमा कुनै, कर हुन्न भन्छन ।।

बुढागाउँ-७ चक्री, टोल पोखरिय रोल्पा
हाल: पाहाङ, मलेशिया

3 comments:

  1. aayush ji..
    gazal published garnu bhayecha.
    khushi lagyo. tar, gazalko
    antim sher ma 4 lane sanai
    bhayecha. sabai 2/2 line ko banaye hunthyoki ??

    ReplyDelete
  2. धन्यवाद नवराज जी मिठो कमेन्टको लागी..। मैले तपाँइको गजल मिलाएर फेरी पोष्ट गरेको छु । आउँदै गर्नुस है ।

    ReplyDelete
  3. thanks aayush ji..
    abashya ni ma
    hajurko blog ma
    sahityik khurak
    liyer aaunenai chhu..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..