Monday, July 25, 2011

प्रकृती र मान्छे(ब्यङ्ग्यबन्ध)

प्रेम ओली
नदी 
दिन रात सधैं निरन्तर बगिरहन्छ। न कुनै थकावट छ। न कुनै रोकावट छ। सुगन्द फाले पनि दुर्गन्द हाले पनि  बिपक्ष दलको जस्तो  न कुनै आपत्ति छ। न कुनै असतुष्ट सभासद्को जस्तो नियापत्तीछ। जे फाले पनि यसले सहर्ष सुकारेर लैजान्छ। यसमा पनि सजिबको जस्तो गती र शक्ती छ। तर मान्छे प्रती कुनै गुनासोछैन
बृक्ष
यो पनि बकुल्ला भक्तमा  एक खुट्टाले उभिरहन्छ। बकुल्ला केही पाउनलाई भक्ती गर्छ। तर बृक्षले  केही लिनलाई भन्दा पनि ,दिनलाई उभिराखेकोहुन्छ।यस्ले चराचुरुङ्गी,किट्पतङ ,जिबजन्तु देखी मान्छे  समेत,सबैलाई गासबास ,छहारी,काठपात दिन खुल्ला रुपमा निम्तो गरिराखेको हुन्छ। जसले जती भोगे पनि ,जस्ले जे जती लगे पनि यस्को कतै उजुरी हुँदैन।
पहाड 
 हिउ झरे पनि।पानी परे पनि। घाम लागे पनि।जून जागे पनि। दिन ढले  पनि। हुरी चले। आगोमा  जले पनि, एउटा चिर ध्यान बसेको ऋशी जस्तो चुपचाप बसी राखेकोछ। यसमा कुनै पिडा, हतास, क्रोधछैन। हामीले यसको छातीमा बम पड्काएर तालु ताच्दै ,शिर फोर्दै चिप्लेन बाटो बनाउदा पनि। गाडी घोडा कुदाउदा पनि धैर्यता र शहनशिलता देखाउदै ध्यान मग्नछ।मनुश्यका लागी एउटा जादुकर बाबाले जस्तै अमुल्य धातुहरु आफ्नो कोखाहरुमा लुकाउदै बेलाबेला दिने गरेकोछ।हामीले यसको आन्द्रा भुँडी निकाल्दा पनि कुनै ऐया आथु छैन।

मान्छे 
 सृस्‍टिको उत्कृष्ट प्राणी मान्छे।हरेक कुरो सिक्नेमा निपुन मान्छे। यस सृस्‍टिका सबै प्राणिका गुरु प्रकृती(जस्तै पहाड, नदी ,बोटब्रिक्ष)। यसले हामीलाई हरेक पल हरेक कुरो सिकाइ राखेकोहुन्छ। बृक्षको सहयोगी भावना र उदारता,नदीले अटुट परिश्रम,पहाडले धैर्यता र शहणशिलता सिकाइ राखेको भए पनि हामीले लेखनाथ पौड्यालले लेखेको जस्तो मै खाउ मै लाउ मै बाचू, अरु सबै मरी
जाउन भन्ने प्रबृती  देखाइराखेकाछौ। हामीमा धैर्यता, शहनशिलता र उदारता पनि पाउन मुस्किलछ। सानो काडाले घोज्दा पनि चिच्चाहाट छ। सानो समस्यालाई तिललाई पहाड बनएको छ। अरुको कम्जोरी ठुलो पहाड बनाउने। आफ्नो कमजोरिलाई लुकाउने प्रबृती हाबिछ।ढाट्ने, छल्ने , ठग्ने ,लुट्ने ,चुट्ने र कुट्ने प्रबृती बढ्दै गएकोकोछ। हाम्रो प्रकृतिलाई हामीले बुज्यौ भने अबश्य सुख शान्ती र चैन आउन सक्छ भन्ने कुरोलाई मनन गर्दै आज आफ्नो बेग्लै  भावनाह्जरु  यहाँहरुलाई पस्कने जमर्को गरे। धन्यवाद। जय काउकुती ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..