Friday, July 22, 2011

च्वास्स चुस्स

प्रेम ओली
नगद  लग्यो
दिदै दिएन
उधारो  नदीदा
लिदै लिएन ।

घर बहाल दियो
भाडै दिएन
दिइ हाल्यो भने
चाडै दिएन ।

ब्याजमा भनी लग्यो
सावा नै दिएन
पङ्खा  ल्यायो उठाइ
हावा नै दिएन ।

खासाको मालमा
खास केही भएन
आज कि भोली
आस केही रहेन।

गुरुले पढाउदा
चास केही भएन
पारीक्षाफल आउँदा
पास कोही भएन ।

महङ्गीले च्याप्दा
ऐया कोही गरेन
सरकारलाई बिरोध
झेल्नु नि परेन ।

रक्सी भन्दा
महङ्गीयो जुस
सरकार धन्यवाद
दिल भयो खुस।

 कमाइ छ दश
खर्च छ बीस
भ्रश्टचार गर्दा
अरुलाई के को रिस ।  

1 comment:

  1. वा वा बबाल छ नि हो ...............मन पर्यो ..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..