Thursday, July 21, 2011

भित्तामा टाँसिएको अस्तित्व

प्रेम प्रकाश मल्ल 'महेन्द्रमधुकर'
म छु
एकान्त छ
शुन्यता छ
मेरो आँखाको सामु
छेको हालेर उभिएको
नाङ्गो जर्जर, पुरानो भित्ता छ
म निर्निमेष हर्ेदछु
भित्ताको छातीभरि
विस्तारै विस्तारै झुल्कदै जान्छन्
थरि थरिका अनौठा आकृतिहरु
मानौं कुनै एवस्ट्रयाक्टर आर्कका
सुन्दर प्रकृतिहरु
म तिनमा
आफ्नै जीवनका छायाँ चित्रहरु
आरोपित भएको पाउँछु

आत्मविस्मृतिको स्थितिमा
स्वयंलाई त्यो चित्रहरुकै वीचमा
हराएको भेट्टाउदछु
जब आफ्नो स्थिति बोध हुन्छ
कुनै दार्शनिकतालाई तत्वबोध भए जस्तै
मलाई पनि आफ्नो अस्तित्वबोध हुन्छ

मेरो अस्तित्व
भित्ताको छातीमा
आफै आफ
अङ्कति भएको
एउटा एवस्ट्रयाक्ट आर्ट हो
झुण्ड्याएको
कैलेण्डर हो
पोष्टर हो
चार्ट हो ।

धम्बोझी नेपालगंज

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..