Thursday, July 21, 2011

गजल

प्रेम राना मगर 
पुरानो कहानी अनौठो छ माया
तिम्रो त्यो जवानी अनौठो छ माया ।

चियाएर मेरो उदांगो जवानी
हुदो रैछ पानी अनौठो छ माया ।

मलाई सधै नै सताएर जाने
भिजेको सिरानी अनौठो छ माया ।

नयनको इशारा बुझेको भए पो
हुनेथे म दानी अनौठो छ माया ।

3 comments:

  1. पुरानो कहानी अनौठो छ माया
    तिम्रो त्यो जवानी अनौठो छ माया ।
    वास्तवमा हो पुरानो कहानी र मान्छेको जवानी अनौठो नै हुन्छ । मिठो गजल

    ReplyDelete
  2. अनौठो तर सबैमा परिचित र आवश्यक रहेछ यो माया भन्ने चिज ... मिठो गजल प्रेम जी...

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..