Sunday, January 30, 2011

साहित्य क्षेत्रलाई राज्यले बेवास्ता गरेको गुनासो ।

माघ १६ कोहलपुर  :   साहित्य क्षेत्रलाई राज्यले बेवास्ता गरेको एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । बाँकेको कोहलपुरमा हिजो भएको कोहलपुर क्षेत्रकी गजलकार सन्तोषी विष्टको एकल गजल वाचन तथा स्रष्टा सम्मान कार्यक्रमका सहभागीहरुले बताएका छन् । पूर्णिमा साहित्यिक प्रतिष्ठान काहलपुरको आयोजनामा भएको कार्यक्रममा मदन पुरस्कार विजेता एवम् समालोचक डा.गोपाल प्रसाद शर्मा अधिकारी लाई सम्मान गरिएको छ । यसक्षेत्रका गजलकार कपिल अन्जानले संचालन गर्नु भएको कार्यक्रममा बाँके, बर्दिया, सुर्खेत, दैलेख, दाङ जिल्लालगाएतका डेड सय बढी साहित्य अनुरागीहरुको उपस्थिती थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..