Thursday, August 26, 2010

आयो दशैं

फेरी पनि उहि पिडा बनि आयो दशैं
दिन हप्ता र महिनाहरु गनि आयो दशैं

साँझ बिहान के खाँउ के लाँउ भा को बेला
लौ हेर्छु निमुखा हो भनि आयो दशैं

जताततै रमझम र खुसियालीको रङ्गहरु
चाडहरुमा सबैभन्दा धनि आयो दशैं

वर्षा ऋतु सकिएर धानको बाला लहलह
पखालेर मनको मैले अनि आयो दशैं

आयुष चौधरी “सम्मोहन”
रझेना ५ कृष्णनगर बाँके

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..