Tuesday, June 15, 2010

कसले बुझेको हुन्छ

पिडा अचानोले जति कसले बुझेको हुन्छ ?
चुहिने छानोले जति कसले बुझेको हुन्छ ?

कसले कसलााई कसरी ठगिरहेछ ?
पाथी र मानोले जति कसले बुझेको हुन्छ ?

गरिबको कसौंडीमा के के पाक्छ भनेर
चुलो ओभानोले जति कसले बुझेको हुन्छ ?

टन्न खान पाईन्छ आमालाई पिरेपछि
यो कुरा सानोले जति कसले बुझेको हुन्छ ?

देश भएर पनि देश नहुनुको पिडा
हामी विरानोले जति कसले बुझेको हुन्छ ?

बाबु त्रिपाठी
अग्यौली –४, गोडार नवलपरासी
हालः पुरानो वानेश्वर , काठमाण्डौ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..