Tuesday, March 13, 2012

म्ुक्तक मञ्चको ४६ औं शृङखला सम्पन्न


पेखरा, फागुन २७
          मुक्तक मञ्च पोखराले हरेक महिनाको हरेक महिनाको अन्तिमा शनिबार सञ्चालन गर्दै आएको मासिक मुक्तक वाचनको ४६ औं शृङखला शनिबार सम्पन्न भयो ।
         मञ्चका अध्यक्ष कृष्ण देवकोटको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्तक पुरस्कारका संस्थापक साहित्यकार विष्णु अल्पविरामले नेपाली मुक्तकको संस्थागत विकासका लागि मञ्चले खेलेको भूभिका प्रशंसनीय रहेको भन्दै मञ्च सम्पूर्ण पोखरेलीको भएकोमा जोड दिनुभयो ।

           कार्यक्रममा सल्लाहकारहरु सञ्जीव पौडेल, रुपिन्द्र प्रभावी ‘कटु’ले मन्तव्यसहित मुक्तक वाचन गर्नुभएको कार्यक्रममा मुक्तककारहरु सरस्वती प्रतीक्षा, डा. वसन्त गौतम, कमल अथक, मन क्षेत्री, उदीपराज ढुङ्गाना, दीपकराज त्रिपाठी, विष्णुप्रसाद बाँस्तोला, अर्जुन अधिकारी, गोपाल खनाल, अमृत गुराँस, शिव पलाँस, फडिन्द्र अकिञ्चनले मुक्तक वाचन गर्नुभएको थियो । त्यसै गरी, फूलमाया गर्वुजा, सन्तोष कुइँकेल, अमृत शर्मा, हरि घिमिरे, काशीनाथ कुमाल, दीपक पराजुली, निश्चल अधिकारीलगायतले पनि मुक्तक वाचन गर्नुभएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष परिवर्तनले गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..