Friday, February 3, 2012

बुकी फुल सिउरिएर

आयुष "सम्मोहन"
बुकी फुल सिउरिएर रेशमी बाल बाटे हुन्छ
पिठ पछि मेरा कुरा जतिपनि काटे हुन्छ ।

दिनुपर्दा मुठ्ठी कस्यौ लिनुपर्दा पुल्टो भरि
ऐनाहेरी आफैलाई चाहेजति ढाँटे हुन्छ ।

सम्बन्धको के कुरा भो नसकेसी संगै रुन
काढ्यौ मह मायाबाट अब हात चाटे हुन्छ ।

असम्भव नै छैन भन्छन् यो संसारमा केही पनि
छैन दिन केही अब अर्कैतिर आँटे हुन्छ ।

२०६५ चैत्र ६ गते

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..