Thursday, February 2, 2012

सप्तरङ्गीमा पुःन बराल

पोखरा, १७ माघ
सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान, पोखरा नेपालको दोस्रो महाधिवेशन नवराज बराललाई पुःन अध्यक्षमा चयन गर्दै सोमवार सम्पन्न भएको छ ।
      प्रतिष्ठानको उपाध्यक्षमा पदमराज ढ काल, महासचिवमा अभिमन्यु विक्रम राणा, सचिवमा दर्ुगा शाह बाबा, कोषाध्यक्षमा सविना सुनाम चयन हुनुभएको छ । यस्तै प्रतिष्ठानका कार्यसमितिका सदस्यहरुमा शेरबहादुर गुरुङ, बुद्धराज बज्राचार्य गुभाजु, गोरे गुरुङ, बुद्ध गुभाजु, सागर शाह, जुना क्षेत्री र मनकुमार श्रेष्ठ रहनुभएको छ । प्रतिठानका सल्लाहकार नेपाल संगीत नाट्य प्रतिष्ठानकी प्राज्ञ हरिदेवी कोइराला र सल्लाहकार रामबहादुर कोइरालाको निर्वाचन कमिटी गठन गरिएको थियो । पदाधिकारी र्सवसम्मत चयन भएपछि उहाँहरुले सो अवसरमा नवनिर्वाचित कार्यसमितिलाई बधाई र सफलताको कामना गर्नुभयो । साधारणसभाले प्रतिष्ठानका महासचिव अभिमन्युविक्रम राणाले पेश गरेको आर्थिक वर्ष२०६७/२०६८ को प्रगति प्रतिवेदन र कोषाध्यक्ष शेरबहादुर गुरुङले पेश गर्नुभएको आर्थिक वर्ष२०६७/२०६८को आर्थिक प्रतिवेदन र्सवसम्मत पारित गरेको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..