Friday, February 3, 2012

तिम्रै याद छ मेरी सानु

मिश्र नरहरी

झिसमिसेको सबेरीमा तिम्रै याद छ मेरी सानु
रिमझिमेको अँधेरीमा तिम्रै याद छ मेरी सानु

एउटा मिठो सपना देखेँ, सपनामै गजल लेखेँ
मेरो घरको मझेरीमा तिम्रै याद छ मेरी सानु

लक्षिणका पदचाप पाएँ, पिँढीआँगन, कटेरीमा
मेरो घर घडेरीमा तिम्रै याद छ मेरी सानु

छायाँसरी हिँड्न थालेँ, तिम्रै यादलाई पछ्याउदै म
मेरो गाउँको पँधेरीमा तिम्रै याद छ मेरी सानु

गाउँ, बेशी, भन्ज्याङ्ग, ठाँटी, सबैतिर तिम्रै याद भो
सारा पाखा पखेरीमा तिम्रै याद छ मेरी सानु

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..