Wednesday, February 22, 2012

सरकारी घोडा

प्रेम वलि
राजा चढे पनि
राणा चढे पनि
नेता चढे पनि
सधैं
उस्तै गती
उही  चाल
उस्तै मती
उही ताल
सरकारी घोडा ।
कहिले
मेची काली पुगेको छ
कहिले
गाउ गाउ कुदेको छ
जनताको खाँदै धान
जनतालाई देखाउदै शान
हिनहिनाइ रहेकोछ छ
सरकारी घोडा ।

जती रूप फेरे पनि
जती नाम फेरे पनि
खन्छ यो जनताको नुन
मान्छ यो मालिकको गुण
जनताको लागि
छ यो सधैं टेडा
क्या बिचित्रको
सरकारी घोडा ।

जनताको पसिना
जनताकै घास
देखाउछ सधैं
जनतालाई आश
जनतालाई ठगी
मालिकलाई खास
जनतालाई यो
 ठान्दछ भेडा
वा ! सरकारी घोडा ।

कहिले वारी
कहिले पारी
केही पाईन्छ कि भनी
कुदाउछ गोडा
कहिले बन्छ यो
राजतन्त्रे घोडा
कहिले भन्छ यो
प्रजातन्त्रे घोडा
तर जहिले पनि
 ठगतन्त्रे घोडा ।
 कहिले बन्ने यो
लोकतन्त्रे घोडा
कहिले बन्ने यो
जनताको घोडा
तर अझै जनतालाई
रणभुल्ल पार्दैछ
सरकारी घोडा ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..