Thursday, September 29, 2011

गजल

नबराज बुढा 'नबिन उदासी'
जिन्दगीको यो ठुलो, चिट्ठालाई गुमाएँ
 आफ्नै मनको भारी, बिट्ठालाई गुमाएँ।

नापिन्छ अरे समय पनी नाप तौलमा
आफ्नै मेरो हातको, बिट्ठालाई गुमाएँ।

गाउँ घर छोडी परदेशमा एक्लै बस्दा
गाउँका सबै आफ्ना, थिट्ठालाई गुमाएँ ।

सोचेंर रच्दैछु म ठुल्यै भाव प्रहशनले
आज आफ्नै बेदब्यास, गीतलाई गुमाएँ ।

रहर होइन बिबसतामा बिदेसिंदा मन
आज आफ्नै प्यारो, पितालाई गुमाएँ।।
                      -नबराज बुढा 'नबिन उदासी'
                        रोल्पा, हाल: प्रबासीभुमीमा बाट

1 comment:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..