Monday, August 29, 2011

राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १४६ औँ जन्मजयन्ती

              राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १४६ औँ जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । वि.सं.१९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको उत्थानका लागी महत्वपुर्ण योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । मोती जयन्तीको अबसरमा आज देशभर विभिन्न साहित्यिक कार्यक्रमहरु भएका छन् ।
                     मोतिराम भट्ट नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक हुन् । उनी नेपाली साहित्यको माध्यमिक कालका मेरुदण्ड, निर्माता र पथपर्दशक थिए । यिनै मोतिराम भट्टको योगदानका विषयमा बालकृष्ण समले लेखेका छन्- मोतिराम देशको प्रत्येक क्षेत्रमा राष्ट्रियता चाहन्थे, त्यसै बाट देशोन्नति हुन्छ भन्ने उनको धारणा थियो । उनी स्वदेशी खानु, स्वदेशी लाउनु, स्वदेशी व्यवहार गर्नु , स्वदेशी बोल्नु तथा स्वदेशी हेर्नु पर्दछ भन्ने सपना देख्तथे । वास्तवमा उनी एउटा होनहार, ओजस्वी र तपस्वी व्यक्तित्व थिए । उनी नेपाली भाषा, नेपाली साहित्य र नेपाली कलाप्रति गर्व मान्थे । उनको लागि यो नेपाली माटो विश्वसाहित्य थियो। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा थिए । साँच्चै उनी नेपालका एउटा कर्म वीर सपूत थिए । उनको मिहिनेत, जा“गर र आराधनाका कारणले उनले एउटा युग नै स्थापित गरिदिए- मोतिराम युग । संवत् १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गर्ने पौरखी पुरुष नै मोतिराम भट्ट थिए ।
                   मोतिराम त्यस युगका बौद्धिक नायक थिए, साहित्यिक सङ्ठनात्मक नेता थिए र सांस्कृतिक योद्धा थिए । नेपाली वाङ्मयको उत्थानका लागि मोतिरामले खेलेको भूमिकाले उनी नेपाली भाषा, साहित्य र संस्कृतिका अक्षरअक्षर, शब्दशब्द र भाकाभाका रहेसम्म बाँचिरहनेछन् ।

3 comments:

  1. निकै राम्रो लेख तर पढ्दा उत्तिखेरै सकिएछ, अलि धेरै कुरा जस्तै; उनका कृति हरु कुन कुन हुन, तथा बाँकी कुरा पढ्नको लागि कुनै किताब को नाम अथवा websiteको पनि सन्जाल दिएको भए अझ राम्रो हुने थियो ।

    ReplyDelete
  2. lekh ramro lagyo malai pani ...

    ReplyDelete
  3. बिष्णु जी कमेन्ट र सुझावको लागी धेरै धेरै धन्यवाद । चाँडै नै हजुरले भनेजस्तै गरि मोतीराम भट्टको बारेमा विस्तृत जानकारी मुलक लेख राख्ने नै छु ..। सन्देस जी लाई पनि धेरै धेरै धन्यवाद ..।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..