Tuesday, August 23, 2011

चाखेर हेर

जनक डि.सी
गोप्यता भित्र नजर राखेर हेर
आउन तिमी पनि चाखेर हेर ।

उन्मातमा सधै उफ्रीन्छौ किन
स्वर्णीम सयरमा थाकेर हेर ।

खडेरी धुपमा तात्दैछौ खाली
आउन एक भल्को पाकेर हेर ।

मात्र तिमी प्यासी होइनौ जगतमा
छटपटी सहने लाई डाकेर हेर ।

लजालु अधर लाग्यो कि उजेली
अन्धकारमा एकपल ढाकेर हेर ।

2 comments:

  1. जनक जी गजल ज्यादै मिठो लाग्यो.. अझै मिठा गजलहरु पढ्न पाइयोस है ।

    ReplyDelete
  2. सुस्मिता खनालSeptember 29, 2011 at 3:13 PM

    होइन जनक जी आजभोली कतातिर ब्यस्त हो । नयाँ गजल कहिले पढ्न पाउने हो ? चाँडै है ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..