|
जनक डि.सी |
गोप्यता भित्र नजर राखेर हेर
आउन तिमी पनि चाखेर हेर ।
उन्मातमा सधै उफ्रीन्छौ किन
स्वर्णीम सयरमा थाकेर हेर ।
खडेरी धुपमा तात्दैछौ खाली
आउन एक भल्को पाकेर हेर ।
मात्र तिमी प्यासी होइनौ जगतमा
छटपटी सहने लाई डाकेर हेर ।
लजालु अधर लाग्यो कि उजेली
अन्धकारमा एकपल ढाकेर हेर ।
जनक जी गजल ज्यादै मिठो लाग्यो.. अझै मिठा गजलहरु पढ्न पाइयोस है ।
ReplyDeleteहोइन जनक जी आजभोली कतातिर ब्यस्त हो । नयाँ गजल कहिले पढ्न पाउने हो ? चाँडै है ।
ReplyDelete