Sunday, May 29, 2011

उनको प्यारो साथ थियो --गजल

संगसंगै दिनभरी उनको प्यारो साथ थियो
अरु के के थियो कुन्नि हात माथी हात थियो ।

घरबाट केही टाढा त्यो छोटो यात्रा भरि
हसिलो त्यो मुहारसंगै मिठो मिठो बात थियो ।

सुर्यले पश्चिम तिर सुन्तला रङ्ग कोरल्दै गर्दा
छुट्टिनुथ्यो तर उस्तै मायाको नै खात थियो ।

छुट्टिएनी साँझपख उनीसंग दोवाटोमा
सिमसिम पानी चिसो हावा सम्झनाको रात थियो ।।
आयुष सम्मोहन

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..