Saturday, May 28, 2011

मेरो संविधानमा -- कविता

जनक डि.सी.
आज मैले एउटा कविता लेखे
जसमा सिङ्गो देशको भििवष्य देखे 
नेपालको संविधान मेरै कवितामा थियो 
जस्ले हिमाल पहाड तराइलाई समेटेर लियो 
सबै वर्ण जातीहरुलाई नेपाली नाम दियो  
फाटेको जन जनको मन थोरै भानि सियो ।।

भ्रष्ट नेता र तस्करहरु फाँसी चढ्दै थिए
रोल्पा डोल्पा र मुगुहरु अधि बढ्दै थिए 
देशै बेच्ने दलालहरुलाई छिंडी भित्र देख्दा
बुद्धले नी मुस्कुराउदै लामो सास लिए
कर्णालीका बस्तिहरुमा रेल गाडी गुड्दै थिए
अमेरिकी आकाशमा नेपाल एयरवोइजहरु उड्दैथिए ।।

झलमल्ल बक्तिमुनि नानीहरु पढ्दैथिए
युवाजोस लिएर नेपाली निर्माणतिर बढ्दै थिए
स्वतन्त्र भै कोशीकाली बग्दै गर्दा देखिएका 

बन्द हडताल निषेत्र देश धाराहरुमा लेखिएका 
सगरमाथाले विस्तारवादलाई खबरदार भन्दै गर्दा 
जेष्ठ १४ लाई अझै फेरी १ वर्ष सार्ने भन्छन् 
संविधान त नेपालको नजन्मीदै मार्ने भन्छन् ।। 

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..