Thursday, May 26, 2011

संसारकी कान्छी गायिकाको एल्बम संसारको अग्लो शिखरमा विमोचित

      तीन वर्षकै उमेरमा एल्बम निकालेर ‘संसारकी कान्छी गायिका’ का रुपमा चिनिएकी अतिथि गौतम केसीले एक वर्ष नपुग्दै अर्काे एल्बम ‘अतिथि २’ निकालेकी छन् । सबभन्दा कान्छी गायिकाको यो एल्बमलाई संसारकै सबभन्दा अग्लो शिखर सगरमाथामा नेपालका सबभन्दा कान्छा निजामती कर्मचारी खिमलाल गौतमले जेष्ठ ४, २०६८ गते विमोचन गरेका छन् ।
‘त्यहा“ एल्बम विमोचन गर्दा खुसीको सीमा नै थिएन’ निजामती कर्मचारीको तर्फबाट सबभन्दा पहिलो हिमाल आरोण गरी मंगलबार काठमाडौं फर्केका ९ सदस्यीय टोली मध्येका गौतमले भने,‘कान्छी गायिकाको एल्बम संसारको अग्लो ठाउ“मा लगेर मैले सहयात्री साथीहरुलाई देखाए“, तर यस्तो लागिरहको थियो, यो संसारले एकै पटक हेरिरहेको छ, किनभने त्यहा“बाट संसार तल देखिन्छ ।’

उक्त एल्बममा ह्वाइट एण्ड ब्राइट माउण्ट एभरेष्ट.., सन ह्याज नो नेसन..., वाच डच से र अल द टाइम यु किप अन.. गरी चार अंग्रेजी र एक तराना (एक खालको शास्त्रीय राग) गरी पा“च गीत छन् । यी सबै घनश्याम खड्काले लेखेका हुन् । जुगल डंगोलले यसमा संगीत दिएका छन् ।
    गत २ श्रावण २०६७ मा पहिलो एल्बम ‘अतिथि’ संसार सामु ल्याउ“दा यी कान्छि गायिकाको प्रतिभालाई संसारभरिका सञ्चार माध्ययमले प्राथमिकताका साथ प्रसारण गरेका थिए । अमेरिकास्थिट वल्र्ड रेकर्डस एकेडेमी, India Book of Records, World Amazing Records अतिथिलाई संसारकै कान्छी गायिका भन्दै प्रमाणपत्र दिइसकेको छ । त्यस्तै गिजिज बुक्सले पनि अतिथिको प्रतिभालाई अभिलेख गर्ने प्रक्रिया सुरु गरिसकेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय दर्जनौं प्रमाणपत्र र प्रशंसा पत्र उनले पाइसकेकी छन् । हाल अक्षर आरम्भ गरेकी अतिथि आफैं पियानो पनि बजान सक्छिन् । उनको यो प्रतीभा अद्भूत भएको भन्दै प्रधानमन्त्रीदेखि देशका विशिष्ट ओहदाका व्यक्तीले भेट दिइसकेका छन् ।

1 comment:

  1. hey you site is really great thanks for providing us such important messages

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..