Saturday, January 8, 2011

मेरो गजल

आयुष “सम्मोहन”
थाहै भएन कहाँबाट पायो मेरो गजल
एक अन्जान अज्नबीले गायो मेरो गजल

मायाको पहिलो पत्र लेख्न ढिलो भयो भन्दै
दिन भनि पत्र सहित ल्यायो मेरो गजल

सुल्झाउछु मैले आफै मेरा मनका उल्झन
के भनेथे बहारसंगै आयो मेरो गजल

जहाँ केही देखिदैन भन्थे मेरा साथीभाई
त्यहि निष्पट अँधेरीमा छायो मेरो गजल

घात अनि मृत्यु देउ भनि गुमनाम हुँदा
मलाई खाज्दै लेकबेसी धायो मेरो गजल ।

रझेना ५ कृष्णनगर बाँके
हाल नेपालगञ्ज

5 comments:

  1. वाह ! सुन्दर गजल आयुष जी !

    ReplyDelete
  2. धन्यवाद रविन्द्र जी मिठो कमेन्टको लागी...

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. मिठो गजल आयुष जी ..!

    ReplyDelete
  5. धन्यवाद रितु जी मिठो कमेन्टको लागी ..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..