Wednesday, January 5, 2011

नोटको महत्व अर्कै हुन्छ

सुरेन्द्र बहादुर शाही सुगम सरोवर
दैलेख
नोटको महत्व अर्कै हुन्छ
भोटको महत्व अर्कै हुन्छ

नोटसित भोट किन्यौ भने
खोटको महत्व अर्कै हुन्छ

जानीजानी गी¥यौ भने
चोटको महत्व अर्कै हुन्छ

मैदानमा निस्पक्ष हामफाल
अठोटको महत्व अर्कै हुन्छ

हारेर होइन जितेर लाउन
कोटको महत्व अर्कै हुन्छ

1 comment:

  1. निकै राम्म्रो भाव रहेको गजल -राम्रो लाग्यो !

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..