Monday, July 12, 2010

भानुभक्त आचार्य

             आदिकवि भानुभक्त आचार्यभानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकवि मानिन्छ।  यीनका कृतिहरू पुस्तकाकारमा प्रकाशित भएपछि नेपाली जनजीभ्रोमा बसेका छन्। उनले लेखेका कृतिहरूमा बधुशिक्षा, भक्तमाला, प्रश्नोत्तरी आदि हुन्। यिनले बाल्मीकीय रामायणलाई नेपाली भाषामा अनुवाद गरेका छन्। यीनका पाण्डुलिपीलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि यिनी साहित्यमा चिनिएका हुन्।
      भानुभक्तको जन्म धनञ्जय आचार्यको पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो। बाजे श्रीकृष्ण आचार्य बाट शिक्षा पाएका यीनले एउटा घाँसीको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ।

      भानुभक्तले ३७ वर्षे उमेरमा सरकारी जागिर पाए । तर हाकिमले दुई वर्Èमा नै उनको जागिर खोसे । त्यसपछि उनलाई सरकारी रकम हिनामिना गरेको अभियोग लगाइयो । अनि उनलाई कुमारीचोकको खोरमा थुनियो । उनका लागि जेलयात्रा वरदान बन्यो । उनले त्यहा“ पा“च महिना कैदी हु“दा रामायणको अयोध्या, अरण्य र सुन्दर काण्ड आदीको पद्य अनुवाद गरेर सके ।
       नेपाली भाÈामा रामायण नभएको बेला नेपालभरि पुराणहरू नै पढिन्थ्यो । त्यस बेला संस्कृतका पुस्तक पढ्न सबैलाई अनुमति पनि थिएन । भानुभक्तको रामायण आएपछि सबैका घरघरमा रामायण राखिन थालियो । वास्तवमा त्यसपछि नै नारीपुरुÈ र जातजाति सबैले समान रूपमा पढ्ने अवसर पाए । अनि बिहेबारीदेखि पुराणसम्ममा पनि भानुभक्तकै रामायण गाउन थालियो । त्यसैले रात दुई गुना र दिन चार गुनाले भानुभक्तको रामायणले देशदेशान्तरमा प्रसिद्धि कमाउन थाल्यो । भानुभक्तले रामायणका बालीकाण्ड र अरु काण्ड, प्रश्नोत्तर, भक्तीमाला, बधुशिक्षानामक कृतिहरु नेपाली भाषासाहित्यलाई सर्मपण गरे । साथै उनका फुटकर कविताहरुको बिटोले पनि नेपाली भाषासाहित्यलाई धन्य बनाएको छ । भानुभक्तले जीवनमृत्यु संग जुधेरपनि आफ्ना हितकारी धर्मदत्त सुब्बाको आग्रहमा रामायण उत्तर काण्डको “रामगिता”को नेपाली भाषामा अनुवाद गरे । वास्तवमा त्यसबेला उनी कालाज्वरले मरणासन्न भएका थिए । तर उनले आफ्ना छोरा रामनाथलाई “रामगिता” टिपाए । अन्ततः त्यस कृतिको निर्माणपछि अर्थात १९२५ सालमा भानुभक्तले आफ्नो प्राण त्याग गरे । आज उनको भौतिक शरिर नभएपनि उनका कृतिले गर्दा उनी हामीमाझ सधैं अमर छन् ।

4 comments:

  1. sir gyandildash bhanubhakta vanda 6o barsh kanchha hun vanne bhashbid balkrishna pokhrelko bhanai chha ,lekha sachyaunu hola ....
    bijay khatiwada biratnagar 9852027117

    ReplyDelete
  2. विजय खतिवडा, बिराटनगरJuly 13, 2012 at 5:47 PM

    सन्त ज्ञानदिलदासले ‘उदयलहरी’९१९३४०, ‘झ्याउरे’, ‘टुङ्ना भजन’ आदि कृतिहरु रचना गरेको पाइन्छ । ‘झ्याउरे भजन’ मा उनले लेखेका छन् – यो रुम्जाटारको कोदाको पीठो निर्गुनको दाउन धर्म र कर्म गुरुङले ग¥यो छक् प¥यो बाहुन । यस्तै शशीधरको ‘वैराग्याम्बर’, अगमदिलदासको ‘सोह्र निर्गुण कविता’, अखण्डदिलदासको ‘पाँच निर्गुण भजन’ आदि यस धाराका अन्य रचनाहरु हुन् ।

    ReplyDelete
  3. विजय खतिवडा, बिराटनगरJuly 13, 2012 at 5:54 PM

    सन्त ज्ञानदिलदासले ‘उदयलहरी’(१९३४), ‘झ्याउरे’, ‘टुङ्ना भजन’ आदि कृतिहरु रचना गरेको पाइन्छ । ‘झ्याउरे भजन’ मा उनले लेखेका छन् – यो रुम्जाटारको कोदाको पीठो निर्गुनको दाउन धर्म र कर्म गुरुङले ग¥यो छक् प¥यो बाहुन । यस्तै शशीधरको ‘वैराग्याम्बर’, अगमदिलदासको ‘सोह्र निर्गुण कविता’, अखण्डदिलदासको ‘पाँच निर्गुण भजन’ आदि यस धाराका अन्य रचनाहरु हुन् । भानुभक्तभन्दा सन्तज्ञानदिलदास ६० बर्ष कान्छा हुन् ।

    ReplyDelete
  4. धन्यवाद विजय जी तपाँईले साहित्य वाटिका पढेर सल्लाह दिनुभएकोमा ... यसरी नै माया गर्नू होला ..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..