बालुवामा फुल फुलेको देखे
असारमा धान झुलेको देखे ।
बायुमण्डलमा रिवर्तन भएर हो
कि पश्चिमबाट क्षितिज खुलेको देखे ।
कुसुमाकारका फुलहरु उजाडिदा जब
काँडामा भमरा डुलेको देखे ।
सम्द्मौता होकी जवरजस्त
त्याहाबाघासंग बाख्रा हुलेको देखे ।
आकाशमा जुनतारा धर्तिमा गुनगान
त्यसैले त्त्यो मा भुलेको देखे ।
नियाले पृथ्वी लाग्यो अचम्म
स्वार्थमा संसार चुलिएको देखे ।
आर्दश र ब्यावहार आपसमै टुङ्गिदा
दोधारमा नैतिकता गलेको देखे ।।
भौतिक मल्ल जंगली गाँउले गोठालो
ढिमे १ जाजरकोट
No comments:
Post a Comment
तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..