Saturday, September 28, 2013

ढकालको उपन्यास पुलिक बजारमा

पोखरा, असोज १२ गते ।
आख्यानकार नवराज ढकालको नयाँ उपन्यास ‘पुलिक’ शनिबारदेखि बजारमा आएको छ । ढकालका पिता वेदनाथ ढकालले सम्मोहन साहित्यिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रमका बीच पुलिकको लोकार्पण गर्नुभएको हो ।
सम्मोहन साहित्यिक पत्रिकाका प्रधान सम्पादक÷प्रकाशक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुलिक साम्यवादी वैचारिक उपन्यासका क्षेत्रमा पोखराले गौरव गर्नलायक महत्वपूर्ण कृति भएको बताउनुभयो ।
त्यस्तै अर्का समीक्षक प्रगतिशील लेखक सङ्घ कास्कीका अध्यक्ष डा. कृष्णराज अधिकारीले कल्पना र यथार्थको मिश्रण भएको प्रगतिवादी उपन्यासका रुपमा पुलिक पाठकका माझ आएको बताउनुभयो ।
त्यसैगरी, अर्का समीक्षक सम्मोहनका सल्लाहकार साहित्यकार ईश्वरमणि अधिकारीले पुलिकले नेपाली जनताको सपनाको आधा चेहरा देखाएको र आधा चेहरा स्वयम् पाठकले देख्ने बताउनुभयो । इमानदार लेखकका रुपमा ढकालले नेपाली समाजमा रहेका विकृतिहरुलाई सफा गर्ने पुलिक भएको बताउनुभयो ।
कार्यक्रममा उपन्यासकार नवराज ढकालले आफ्नो लेखकीय अनुभव सुनाउँदै आफूलाई लेखकीय तटस्थता स्वीकार्य नभएको बताउनुभयो । पुलिकमा आफूले देखे, भोगेका पात्र र प्रवृत्तिहरुलाई प्रस्तुत गरेको बताउँदै ढकालले अब आफू साहित्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा सम्मोहनका सल्लाहकार राजेन्द्र चापागाईं ‘आहत’, बखानसिँह तमू ‘आभास’, ःयाण्डम रिडर्स सोसाइटी अफ् नेपालका अध्यक्ष गनेस पौडेल, गण्डकी साहित्य सङ्गमका अध्यक्ष नारायण परिश्रमी, प्रलेसका केन्द्रीय पार्षद नारायण मरासिनीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मोहनका सम्पादक सुरज उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रममा अर्का सहसम्पादक उदिपराज ढुङ्गानाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सञ्चालन सम्पादक अल्पज्ञानीले गर्नुभएको थियो ।
पोखरामा काव्य विधाको निकै विकास भए पनि आख्यानको गतिलो कृति निस्कन नसकेको टिप्पणी साहित्यकार तथा समालोचकहरुले गर्दै आएकामा पुलिकले केही हदसम्म भए पनि सो अभावलाई पूरा गर्ने विश्वास लिइएको छ । जनयुद्धलाई आधार मानेर प्रेम, युद्ध र सामाजिक विषयवस्तुलाई रोचक ढङ्गले समेटिएको पुलिक १८४ पृष्ठमा फैलिएको छ भने यसको प्रकाशन रत्नसागर प्रकाशन काठमाण्डौले गरेको हो । यसअघि पाश्चात्य साहित्य सिद्धान्त तथा समालोचना पद्धतिलगायत ४ वटा पाठ्पुस्तक लेखिसक्नुभएका ढकालको साहित्यिक कृति भने यो पहिलो हो । उहाँ हाल अन्धो सूर्य नामक अर्को उपन्यास लेखिरहनुभएको छ ।

7 comments:

  1. नमस्कार, मैले office 2010 मा नेपाली लेख्दा microsoft ले दिएको नेपाली युनिकोड चलाउन लागेको, नेपाली स्वरवर्ण लेख्नै जानीन, कुन युनीकोड प्रयोग गर्दा राम्रो हुन्छ । offline मा काम गर्नु पर्ने भएकाले कुन युनिकोड चलाउनु राम्रो हुन्छ ? स्वर वर्ण अ अा इ इर उ उफ ए एे अो अाै अं अः

    ReplyDelete
  2. A number of the actual celebrations associated with Nepal final in one to many times. Dashain may be the greatest as well as the most crucial event associated with Nepal. Usually Dashain drops within past due Sept in order to mid-October, following the finish from the monsoon period. It's "a day time associated with Triumph more than Demons". The actual Newars commemorate the actual event because Mohani. Tihar or even Swanti is actually an additional essential event associated with Nepal. Brand new Year's Day time from the lunar diary Nepal Sambat happens at the moment. Nepali Geet Online

    ReplyDelete
  3. Many of the particular fests regarding Nepal previous from a number of nights. Dashain could be the best and also the main celebration regarding Nepal. Typically Dashain comes inside overdue Sept to be able to mid-October, immediately after the conclusion with the monsoon time of year. It really is "a evening regarding Success above Demons". The particular Newars enjoy the particular celebration since Mohani. Tihar or perhaps Swanti will be one more crucial celebration regarding Nepali Mp3 Geet

    ReplyDelete
  4. साहित्यकार तथा पत्रकार दिया चन्द को यो लेख अबस्य पढ्नुहोला http://www.imandarmedia.com/2017/01/diya-chand.html

    ReplyDelete
  5. राम्राे

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..