Sunday, November 20, 2011

मेरो सलाम छ (गजल)

प्रेम निशानी मगर
मनको गीत गाउनेलाई मेरो सलाम छ 
लोभी नजर लाउनेलाई  मेरो सलाम छ 
 
मेरो मनको फुलबारी यो रंगीदैछ आज 
बहार बोकी आउनेले  मेरो सलाम छ 
 
गहिरो आखा कालो निलो त्यो महासागरमा
तानी- तानी डुबाउनेलाई मेरो सलाम छ 
 
छडके नजर लगाई फेरी रातो पिरो हुने 
बानी राम्रो शर्माउनेलाई मेरो सलाम छ 
च्यापी रहेछ दिन-दिन यो अनौठो रोगले 
ढुकढुकी बढाउनेलाई   मेरो सलाम छ

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..