Thursday, November 10, 2011

प्रतिष्ठानले सिलगढीमा स्रष्टा सम्मान गर्ने

पोखरा, २४ कात्तिक
 अलिमियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराले भारतको सिलगुढीमा एघार जना स्रष्ठाहरुको सम्मान गर्ने भएको छ। सम्मानित हुनेहरुमा समालोचक डा. कुमार प्रधान, कवि नरबहादर दाहाल, कथाकार समिरजन  क्षेत्री‘प्रियदर्शी’, नाटककार लक्ष्मण श्रीमल, कवि एम.बि. राई, अनुवादक बी. योञ्जन, संगितकार द्वय एस. रविदास र अशोक राई रहेका छन् । यसैगरी सम्मानित हुने अन्य स्रष्टाहरु डि.वी. घिसिङ, टंक शर्मा र अर्जुन रसाइली हुनुहुन्छ ।
संसारका जुनसुकै ठाउँबाट भएपनि नेपाली भाषा र साहित्यको श्री बृद्धिमा लाग्ने सेवक तथा सांस्कृतिकर्मिहरुलाई अभिनन्दन गर्ने अभियान सहित यस पटक प्रतिष्ठानले आइतबार एक समारोहको आयोजना गरी सिलगढीमा  स्रष्टाहरुको सम्मान गर्ने तयारी गरेको हो ।
सम्मानका लागी प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको नेतृत्वमा उपाध्यक्ष हरिदेवि कोइराला, सल्लाहकार द्धय डा. रविलाल अधिकारी र आदर्शसमाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोला, साहित्यकार भीम रानाभाट तथा पत्रकार फणिन्द्र अकिञ्चन सहितको  टोली बिहीबार सिलगढीतर्फ प्रस्थान गरेको छ ।टोली शुक्रबार बेलबारी साहित्य विकास समिति बेलबारी, मोर· द्धारा बेलबारीमा आयोजना हुने पुण्य स्मृति साहित्य सम्मेलन तथा बेलबारी साहित्य महोत्सवमा पनि सहभागी हुने अध्यक्ष हनिफ मियाँले जानकारी दिनुभयो ।
थप जानकारीका लागि हनिफ मियाँ ९८५६०२६२५४

2 comments:

  1. कार्यक्रम सफलता को लागि शुभ कामना

    ReplyDelete
  2. Srasta ko samman garau Nepali bhasaa laai jogaau.

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..