Sunday, November 13, 2011

म्याक्बेथको परिचर्चा ¥याण्डममा

रुपिन्द्र प्रभावी
पोखरा, कार्तिक २६ गते
          ¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो मासिक पुस्तक परिचर्चा कार्यक्रमको १४ शृङ्खलामा शनिबार प्रसिद्ध अङ्ग्रेंजी नाटककार विलियम सेक्सपियरको चर्चित नाटक म्यक्बेथको परिचर्चा सम्पन्न गरेको छ ।
         सोसाइटीका उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा म्यक्बेथको परिचर्चा पृथ्वीनारायण क्याम्पसको अङ्ग्रेजी शिक्षा विभाग प्रमुख सहप्राध्यापक अमीरमान श्रेष्ठले गर्नुभएको थियो । सोही अवसरमा सोसाइटीका सदस्य नगेन्द्र भण्डारीले स्रष्टा परिचय दिँदै प्रा. डा. अभि सुवेदीलाई साहित्यिक र सामाजिक अभियन्ताका रुपमा चिनाउनुभयो ।
          पुस्तक छनोट समितिका संयोजक कृष्ण के. सी.ले स्वागत गर्दै आगामी मंसिर २४ गते मोरङकी कवयित्री मिश्र वैजयन्तीको कवितासङ्ग्रह पाश्र्वआवाजका बारेमा फडिन्द्र अकिञ्चनले परिचर्चा गर्नुहुने जानकारी गराउनुभयो ।
        सहसचिव उपेन्द्र पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा यमबहादुर पौडेल क्षेत्री, महेन्द्र रिमाल, रामजी पौडेल, रघुनाथ अधिकारी, युवराज त्रिपाठी, प्रा. डा. पशुपतिनाथ तिमल्सेनालगायतले टिप्पणी गर्नुभएको थियो ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..