Sunday, November 6, 2011

अक्षरयात्राले मनायो हिरक शृङ्खला

रुपिन्द्र प्रभावी
पोखरा, कार्तिक १९–
          ‘जीवन र जगतको यथार्थबोधका लागि अक्षरयात्रा’  भन्ने मूल नारासहित पोखराबाट सञ्चालित साहित्यिक अभियान अक्षरयात्राको हिरक शृङ्खला शनिबार पोखराको काहुँखोलास्थित जनकल्याण समितिको सचिवालयमा सम्पन्न भयो ।
         पोखरामा क्रियाशील गजल सन्ध्या र नवनीत साहित्य सागरले हरेक महिनाको तेस्रो शनिबार अक्षरयात्रा सञ्चालन गर्दै आएको छ । सन्ध्याका अध्यक्ष कपिल शर्मा सञ्जोग र सागरका अध्यक्ष लक्ष्मण थापाको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा गजल सन्ध्याका सल्लाहकारहरु ईश्वरमणि अधिकारी र रुपिन्द्र प्रभावी ‘कटु’, जनकल्याण समितिका अध्यक्ष लोकबहादुर कार्की, मिलेर गरौंका युवराज त्रिपाठी, युवा विकास उपसमितिका संयोजक कुमार के. सी., साहित्य शृङ्खलाका संयोजक भीम रानाभाट, साहित्यकार तारा बराल, सरस्वती श्रेष्ठ ‘सरु’, विष्णु बरालले अक्षरयात्राले नवोदित साहित्यकारहरुलाई प्रेरणा थप्न महत्वपूर्ण योगदान गरेकोमा प्रशंसा गर्नुभयो ।
        सो अवसरमा जीवन पौडेल, सौगात सङ्घर्ष, माया कुँवर, सुमन लम्साल, मन क्षेत्री, आनन्द भट्टराई, टीकाराम रेग्मी, कृष्ण थापा, अमन तिवारी, वियोगी विवश, आवाज शर्मा, बिर्सना बस्नेत, कमल अथक, सरला लामिछाने ‘सरु’, तुलसी प्रवास, विष्णु बाँस्तोलालगायतले आ–आफ्ना रचना वाचन गरेका थिए । पर्यटन साहित्यको अवधारणसहित क्रियाशील अक्षरयात्राले आफ्नो स्वर्ण शृङ्खलाको अवसरमा यसअघि १२ बुँदे घोषणपत्र जारी गरेको थियो भने हिरक शृङ्खलाको अवसरमा अक्षरयात्राको एक आयोजक संस्था नवनीत साहित्य शृङ्खलाद्वारा प्रकाशित सिउँडी साहित्यिक पत्रिकालाई अक्षरयात्रा विशेषाङ्कका रुपमा प्रकाशन गर्ने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..