Sunday, November 6, 2011

चुहिदा छानो सकिन फेर्न _ गजल

चुहिदा छानो सकिन फेर्न
छाक टार्ने मानो सकिन फेर्न ।

थाहा छ मलाई पिडा यस्तै हुन्छ
चोट सहन अचानो सकिन फेर्न ।

आफ्नै त्यो बथान सिध्याउन खोज्ने
निर्दयी त्यो रानो सकिन फेर्न ।

पिडित मन पिडित आत्मा
आखिर सधै सानो सकिन फेर्न ।

जताततै हरीयो छैन छनलाईत
आफ्नै कानो सकिन फेर्न  ।

आस गर्दै हालिन ति बुढी आमा
चालि र जामो सकिन फर्न ।

देश गुनाको भेष भएरै त होला
पानि माथि ओभानो सकिन फेर्न ।

रेशम हमाल  निशान ऋतुराज

3 comments:

  1. Mitho Gajal ...
    चुहिदा छानो सकिन फेर्न
    छाक टार्ने मानो सकिन फेर्न ।

    ReplyDelete
  2. "आश गर्दै होलिन् ति बुढी आमा,
    चोली र जामो सकिन् फेर्न ।"

    ReplyDelete
  3. Resham G mitho gajal ma tapaiko kalam agai trishna hos.........

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..