Tuesday, October 18, 2011

कल्पनामा _ गजल

जनक डि.सी.
तिर्मिरउछ जब नजर वरिपरि
सामिप्पयमा आउँछ अधर वरिपरि ।

भौतारन्छ जब प्यासमा कसैको
खोज्दैहुनछ पानी बगर वरिपरि ।

सुवास छर्दै हुन्छ गाँउ र बस्तिहरु
तर घुम्छ सधैं उ नगर वरिपरि ।

स्थिर छैन धर्तिमा नि आज यता भोलि कता
सयर गर्छ कल्पनामा सगर वरिपरि ।

1 comment:

  1. भौतारन्छ जब प्यासमा कसैको
    खोज्दैहुनछ पानी बगर वरिपरि ।
    रोजेको र चाहेको सबै थोक कहाँ पाइन्छ र जनक जी ... जे होस् गजल चाँही औधी मिठो लेख्नु भएको छ है ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..