Monday, October 10, 2011

बाच्न झनै गारो

प्रेम निशानी मगर
आखै सामु खस्यो लौन मन परेको तारो
मर्न पनि सकिएन बाच्न झनै गारो।

दिनको कथा लेखु भने साझ झरीदिन्छ
जूनको कथा लेखु भने औसी परीदिन्छ
मनभरी चोट बोकी हास्न रैछ  सारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।

जब साझ ढल्दै  जान्छ मन जान्छ गल्दै
चाहनाको र कल्पनाको महल जान्छ ढल्दै
तिमीसंग जिन्दगी यो बिताउन भो गारो
मर्न पनि सकिएन बाच्न झनै गारो ।
हाल दुबई

7 comments:

  1. Bachan dherai garo cha
    ajah nepali bhayera nepal ma bachna jhan dherai garo cha

    ReplyDelete
  2. प्रेम जी एकदमै मिठो गित रचना गर्नु भएको छ । निरन्तरता दिनुहाला । शुभकामना मेरो तर्फबाट ।

    ReplyDelete
  3. THANK U FREE SANSAR JI AND AAYUSH JI ....

    ReplyDelete
  4. प्रेम जी, तपाईको गितले वास्तविकताको धरातललाई छोएको छ । एकदमै मिठो छ है मित्र । निरन्तरताको कामना गर्छु शुभकामना ....।

    ReplyDelete
  5. thank u nishan ji...tapaiharuko maya pairakhu ...

    ReplyDelete
  6. तपाईको रचना अति मिठो छ,वास्तविकताको प्रतिबिम्ब हो यो । शुभकामना !!!

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..