Saturday, August 27, 2011

गजल

आयुष सम्मोहन
ढल्यो रात र सुनौलो विहानी छाडेर गयो ।
आयो परदेशी अनि कहानी छाडेर गयो ।

भन्थ्यो संगै जीउने सानु संगै मर्ने हामी
आखिर भयो पराई निसानी छाडेर गयो ।

ताराहरुको बगैचामा फुल्थ्यो कहाँ त्यो जुन
आँशु झार्न पारी रातमा सिरानी छाडेर गयो ।

निर्मल मनमा प्रेमभाव छल्काएर उसले
जलाई मेरो आकांक्षा खरानी छाडेर गयो ।
नेपालगंज

6 comments:

  1. गजल मिठो छ आयुषजी तर अझैपनि मिठो लेख्ने अभ्यास जारी रहोस है .. साहित्यवाटिकाको पनि प्रगतिको कामना ।

    निर्मल मनमा प्रेमभाव छल्काएर उसले
    जलाई मेरो आकांक्षा खरानी छाडेर गयो ।

    ReplyDelete
  2. हरिजी मिठो कमेन्टको लागी धेरै धेरै धन्यवाद । तपाईको मिठो सुझाव पाइराखे गजल लेख्न हौसला मिल्दै जानेछ ।

    ReplyDelete
  3. गजल अति सुन्दर अायुश जि क..

    ReplyDelete
  4. धन्यवाद नवराज जी मिठो कमेन्टको लागी .. सुझाव सल्लाहको पनि अपेक्षा गर्छु है त .. अनि साथमा तपाँइको रचना पनि सम्प्रेशण गर्दै गर्नुस् है ।

    ReplyDelete
  5. sansar ystai cha aayush ji ......
    aafno swarth pura bhayepachi lat marer janchan ..mitho cha gazal ......pargatiko kamana gare hai,,,,,

    ReplyDelete
  6. प्रेम सरलाई मिठो कमेन्टको लागी धन्यवाद.. वास्तवमा यस्तै यस्तै कथाभित्र रुमलिएको छ हाम्रो जीवन ..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..