Wednesday, August 3, 2011

नयाँ ढाचा(गुलेली )

प्रेम ओली
सरकारमा लानु पर्छ
जम्बोजेटमा बोकी
मन्त्री पद खानु पर्छ
मुस्ले तिघ्रा ठोकी
जनक्रान्ती भन्ने पनि
भ्रम मात्र  हो कि
जनबाद नै बिर्सिएछ
पढेको त्यो घोकी
त्यागी बाबा भन्नेहरु
निस्के अब ढोगी
शाकाहारी बन्नेहारु
खान थाले  घोगी
जस्लाई ल्याए पनि यहाँ
कान चिर्या जोगी
नेता सबै स्वस्थ हुने
जनता मात्र रोगी
कस्लाई गर्ने विश्वाश अब
सबै गर्छन् ठगी
पश्चताप पर्छौ हामी
घर दैलोमा हगी
कस्ले पार लाउला यहा
कुपुत्रलाई लगी
देशै खाली हुन  थाल्यो
सुपुत्रहरु बगी
चमत्कारी छडी ल्याउने
नयाँ धामी छ कि
नयाँ ढाचा नयाँ धार
ल्याउने कामी छ कि ।

6 comments:

  1. धेरै राम्रो कविता लाग्यो. जनक्रान्ती भन्ने पनि
    भ्रम मात्र हो कि ? अहिलेपनि शंका मात्रै गर्नु भएछ.यो संसारमा कुनै क्रान्ति आज सम्म भएकै छैन.कुनै-कुनै समयमा यौटा समूहले अर्को लाई थिचेर आफू सत्तामा गएको इतिहास मात्रै छन.क्रान्ति मात्र व्यक्तिगत हुन सक्छ,कोही-कोहीले आफ्नो परिवर्तन गरेर जीवनमा क्रान्ति गर्या छन.

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. This comment has been removed by the author.

    ReplyDelete
  4. बहुसंख्यकको गास बास र कपासको ग्यारेन्टी हुनु र बहुसंख्यकको साशन सत्ता संचालन हुनु बास्तबमै जनक्रान्ती होइन र ?

    ReplyDelete
  5. निलम जी मै खाउँ मै लाउ सुखसयल मोजमज्जा मै गरुँ भन्ने नै हो त जनक्रान्ती ? गरिब जनता दिन दिनै सडकमा मरिरहेका छन् । जनयुद्ध गरेको वास्तविक सेना , बेपत्ता सहिद परिवार आज उहि दयनिय अवस्थामा छन् । माओवादीका नेताहरुको लवाइ खवाइ ओ हो कुरा गर्नु बेकार छ । काठमाण्डौमा घर घडेरी चिल्ला गाडीहरु .. हो कोही कोही भने साँच्चै क्रान्तीकारी छन् पनि । गाँउभरमा पनि टाठाबाठा नेता बाहेकको हालत उस्तै छ । के आफ्नो घरपरिवार बनाउनु मात्रै हो त जनक्रान्ती ? बहुसंख्यक नभन्नु निलम जी यहाँ त क्रान्ती गरेकाहरुहको हालत पन हेर्न लायक छैन ।

    ReplyDelete
  6. जनक्रान्ती त जनक्रान्ती नै हो यो । तत्काल संक्रमण काल भएकोले छिटो परिणामको आश गर्नु त्यति सान्र्दभिक हो जस्तो लाग्दैन । अहिले क्रान्तीको हिसाव किताब गर्ने बेला भएको छैन । क्रान्तीको परिणामले बहुसंख्यक जनतको हित गर्न केही समय अझै पर्खिनु पर्छ ।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..