Thursday, July 28, 2011

हत्याई देउ - गजल

जनक डि.सी.
हान्देउछुरा तिमीलाई त के नै फरक पर्छ
त्यै पीडाले छटपटाई एउटा आत्मा मर्छ ।

दिप छर्न अधेरीमा आफै जल्ने हरु
देखाउछु भनि संसार खुसि लुटया ठर्छ ।

निमोठीन्छ कोपिला संसार हो कसैको
साहरा त्यो बुढो रुखको एउटै पात नी झर्छ ।

तर्साउछन पाइलाहरु डुबेका तिमीभित्रै
नपिउदैमा याद तिम्रो नसा नसा चर्छ ।

बर्षाएर छुरा हत्याई देउ सम्बध त्यो
खुसि आफ्नो एकलपात्र सयौ खोला तर्छ ।

1 comment:

  1. जनक जी गजल यस पटक पनि दमदार आयो है ..

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..