Thursday, July 21, 2011

गजल

ऋषि शर्मा ‘सुदामा’
न तिमीले सोध्न सक्यौ न बताउन सके मैले
न तिमीले माग्यौ मुटु न पठाउन सके मैले

समानान्तर रेखाहरु मिलन बिन्दु भेटाउदैनन्
न त तिम्रो दुरी बढ्यो न घटाउन सके मैले

केही शास केही आश रमरम हुने सम्बन्ध यो
नत तिमीले चिस्यायौ न तताउन सके मैले ।

छातीभित्र कुचि लगाई लेखिएका स्वर्णिम अक्षर
न तिमीले हेर्न सक्यो न कठाउन सके मैले ।

पानी जस्तै बगी जाने यौवनका रहरहरु
न तिमीले साटौ भन्यौ न सटाउन सके मैले ।
साभारः नीलो कनिका

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..