Wednesday, July 20, 2011

प्रेमराग


अनुज श्रेष्ठ ' प्रवास '
मेरो मनको निर्जन टापूमा
तिम्रो उपस्थितिको पदचाप
तिम्रो पाउजूको झन्कार
कुनै मधुर संगीत बनेर
मृत अनुराग जगाइदिन्छ
मनको खाली क्यानभासमा
तिम्रो सजीव तस्बिर
प्रणयको उन्माद बोकेर हाँस्छ

किन अन्तस्करण भरि भरि
तिम्रो वाणी अबिरल प्रेम पुकार बोलिरहन्छ ?

No comments:

Post a Comment

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..