Tuesday, July 19, 2011

मुटु मागेउ भने भन्दिन म दिन्न - गीत

प्रेम राना मगर
सुनचादी त तिम्रा लागी सक्दिन म किन्न  
तर मुटु मागेउ भने भन्दिन म दिन्न ।
 
धेरै होलान तिमीलाइ माया गर्छु भन्ने
यदि तिम्लाई पाइन भने म त   मर्छु भन्ने
तर तिम्ले सक्नु पर्छ मनको मान्छे चिन्न
तिम्ले मुटु मागेउ भने भन्दिन म दिन्न ।
 
यो संसारमा दुइ थरि छन मान्छे घाती जाती
तिम्ले  आफ़ै रोज्नु पर्छ मन मिल्ने साथीयो संसारमा पैसाले खोज्छन माया किन्न
तर तिम्ले सक्नु पर्छ चोखो माया चिन्न ।                    

2 comments:

  1. साच्ची प्रेम जी गजल त मन छुने लेख्नु भय छ नि
    तर तिम्ले सक्नु पर्छ मनको मान्छे चिन्न
    तिम्ले मुटु मागेउ भने भन्दिन म दिन्न .यस्तै गजल फेरी फेरी आवोस .........

    ReplyDelete
  2. thanks you janak ji

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..