Tuesday, July 12, 2011

गजल

कुमार यात्री
नशा पिए सरी ढल्दैछु म आज
प्रतिक्षाको रापमा जल्दैछु म आज

बनाएर चिता पर्खाइको पलको
लगाएर आगो बल्दैछु म आज

प्रतिबन्ध लाउँदा पिरतीमा उनले
मर्न लागे सरी चल्दैछु म आज

आउँछे उनी अनि रमाउँला भनि
आफ्नै मनलाइ छल्दैछु म आज

दुनियाको सामु ब्यर्थ हाँसो देखाइ
कठोर हुने निहुँमा गल्दैछु म आज

3 comments:

  1. हो एकदम सहि कुरा मिठो / सुन्दर गजल.....

    ReplyDelete
  2. धन्यवाद यँहा हरुलाइ।।।

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..