Tuesday, June 7, 2011

सृजनाका यात्राहरु जुन ५

न्यु योर्कमा हरेक महिनाको पहिलो आईतबार आयोजनाहुने नेपाली भाषा र साहित्य प्रेमीहरुको नियमित जमघट जुन ५ का दिन न्यु योर्कको ज्याक्सन हाइट्समा सम्पन्न भएको छ ।तिन खण्डमा विभाजित सृजनाका यात्राहरुको पहिलो खण्डमा कबि एब कानुन विद बिनोद रोकाले एकल कविता बाचन गर्नु भएको थियो ।
कबि रोकाले आफ्नो चोटिलो र व्यंग्यात्मक छोटो रचनाको साथमा , माया पिरती,सामाजिक एब राजनीतिक भावका गीत र कविताहरु सुनाउनु भएको थियो । कबि रोकालाई मणि वान्ग्देल र सहदेव पौडेलले कविता बाचनमा सघाएका थिए भने गायिका पबिता बागचन्दले बिनोद रोककै गीत गाउनु भएको थियो ।
कार्यक्रमको दोस्रो खण्डमा अन्य १० सर्जकहरु क्रमश: गीता खत्री , ज्योति पौडेल, कमला प्रसाईं, सीता खरेल ,पुनम काफ्ले ,परिता राजभण्डारी, मणी वान्ग्देल, तिर्थराज बराल,गोबिन्द कोईराला,कृष्ण सिं धामीले आफ्नो सृजनाहरु सुनाउनु भएको थियो । कार्यक्रमको अन्तिम खण्डमा डा.तारा निरौला र कृष्ण सिं धामीले कविताहरुको समालोचना गर्नु भएको थियो ।
कार्यक्रमको संयोजन र संचालन मणि वान्ग्देल र हिमाली स्वरहरु-अनलाइन रेडियोको तर्फबाट सहदेब पौडेलले गर्नु भएको थियो । न्यु योर्क ज्याक्सन हाइटसमा रहेको चौतारी रेस्टुरेन्ट नेपाली भाषा र साहित्य सम्बन्धि कार्यक्रम गर्न आफ्नो हाल नि:शुल्क उपलब्ध गराएको थियो बर्ष २००८ को डिसेम्बर महिना देखि नियमित रुपमा आयोजना हुदै आएको सृजनाका यात्राहरुको अर्को शृंखला जुलाई १० आइतबारको दिन कबि गोबिन्द कोईरालाको एकल कविता बाचनको साथमा हुने छ ।

2 comments:

  1. गुड न्युज!
    जता जता नेपाली हेउ पुगे पनि यस्तै कार्य गर्दै जानू..
    झटारो दाइ

    ReplyDelete

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..