Friday, February 4, 2011

गजल संग्रह विमोचन

‘क्रान्तिकारी हातहरु’ संयुक्त गजल संग्रह हिजो रोल्पाको सुलिचौरमा विमोचन भएको छ । चन्द्रप्रभा माध्यमिक विद्यालयका प्रधानाध्यापक अभिमानसिंह घर्तीमगरले संग्रहको विमोचन गर्नुभयो । परिषद्का अध्यक्ष दिपेस ‘पराइ’ विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेरबहादुर थापा, घनश्याम गिरी पहाडी, मानिक विष्ट, खगेन्द्र विष्ठ एकल यात्री, खेमराज गाउँले, किमबहादुर बुढाथोकी लगागतले गजल वाचन गर्नुभएको थियो ।
जलजला साहित्य परिषद् सुलिचौर रोल्पाको पहिलो प्रकाशनको रुपमा रहेको संग्रहमा ११ जना रोल्पाली युवा गजलकारहरुको ११० वटा गजल समावेश छ ।
 संग्रहभित्र एलबी ‘सुभाष’ महरा, दिपेश ‘पराइ’ विष्ट, खेमराज गाउँले, धनमाला विष्ट ‘दीपशिखा’, भुपेश समर्पण, लक्ष्मी विष्ट ‘सिम्पल कान्छी’, मानिक विष्ट ‘विवश’, घनश्याम गिरी ‘पहाडी’, डोरमुस्कान विष्ट, खगेन्द्र विष्ट ‘एकल यात्री’ र रेगबहादुर पुन ‘संगीत’का गजलहरु छन् ।

2 comments:

तपाँइको अमुल्य सुझाव , सल्लाह र प्रतिक्रिया दिन नभुल्नुस् है । Plz drop ur Valuable Comment Here ..